स्याङ्जाको बिरुवा गाउँपालिकाको प्रचार प्रसार र चिनारी गराउने उदेश्यका साथ निर्माण गरिएको गीत विरुवा गाउँपालिका विमोचन गरिएको छ ।

गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले एक समारोहबीच गीतको विमोचन गरेका हुन् ।

अध्यक्ष शर्माले गाउँपालिकाको प्रचार प्रसार र चिनारी गराउन यो गीतले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘हाम्रो विरुवा गाउँपालिका’ नामक यो गीतमा गाउँपालिकाको सांस्कृतिक, धार्मिक, पर्यटकीय र प्राकृतिक सुन्दर पक्षहरुलाई गीतमार्फत बयान गरिएको छ ।

रेजिना परिवारको स्वरमा रहेको गीतमा अर्जुन थापाले संगीत भरेका छन् भने राजन पोखरेलको शब्द चयनमा निर्माण भएको गीतमा स्मृति मगरले अभिनय गरेका छन् ।

पालिका प्रेस
थप जानकारी