फोटो सौजन्यः ऋषेश्वर क्षेत्र विकास समिति

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ स्थित ऋषेश्वरमा लाग्ने ठूलो एकादशी (हरिबोधनी एकादशी) जात्रा सकिएको छ । प्रतिकूल मौसमकाबीच १५ कार्तिकमा लागेको जात्रा सौहार्दपूर्ण रुपमा सकिएको ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए । ऋषेश्वरमा वर्षेनी ठूलो एकादशीमा मेला लाग्ने गर्दछ । यद्यपि यसपालि मौसम परिवर्तसँगै पानी परेकोले भक्तजनहरुको उपस्थिती तुलनात्मक रुपमा घटेको अध्यक्ष लामाले बताए ।

मेला व्यवस्थापनका लागि यसअघि ११ कार्तिकमा बैठक बसी तयारी गरिएको थियो । ‘हामीले मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि तयारी गरेका थियौं झरीले मेला/जात्रा प्रभावित भयो’ क्षेत्र विकास समितिका अध्यक्ष लामाले भने–‘यसवर्षदेखि भेटी संकलन तथा व्यवस्थापनको जिम्मा क्षेत्र विकास समितिले लिएका छौं ।’ मेलालाई व्यवस्थित रुपमा सञ्चालनको लागि थाहा नगरपालिका, वडा कार्यालय, समितिका पदाअधिकारीहरु तथा अन्य सामाजिक संस्थाहरुले पु¥याएको योगदानको अध्यक्ष लामाले प्रशंसा गरे । उनले जात्रा व्यवस्थापनमा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

फोटो सौजन्यः ऋषेश्वर क्षेत्र विकास समिति

यसैबीच यसवर्ष ऋषेश्वरमा ठूलो एकादशीको दिन ११ हजार ६ सय ७३ रुपैयाँ भेटी संकलन भएको क्षेत्र विकास समितिले विवरण समार्वजनिक गरेको छ । १५ कार्तिकामा लागेको ठूलो एकादशी जात्रालाई व्यवस्थापनको क्रममा पुजारीलाई १ हजार पाँच सय सहयोगी पुजारीलाई पाँचसय र सरसफाइ खर्च सातसय रुपैयाँ खर्च भएको विवरण समेत क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको आम्दानी खर्चको विवरण अनुसार संकलित भेटीमध्ये ८ हजार ९ सय ७३ रुपैयाँ संचित भएको छ ।

ठूलो एकादशी जात्रामा ऋषेश्वरमा पाण्डुकेश्वरको मुकुट लैजाने र मेला लाग्ने प्रचलन रहेको छ । मुकुट लैजानका लागि वनको बाटोको भिन्दै रुट रहेको छ । ठूलो एकादशी मेला सम्पन्न भएको केही दिनपश्चात् पाण्डुकेश्वरमा रुद्री लगाउने समेत प्रचलन रहेको छ । यसवर्ष पनि ऋषेश्वरमा स्थानीय लगायत जिल्लाका र केही अन्य जिल्लाका समेत भक्तजनहरु पुजा आराधनाका लागि पुगेका थिए ।

पालिका प्रेस
थप जानकारी