मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले सापलिका र अन्तर्गतका कार्यालयउबाट सेवा लिनका लागि शौचालय कार्ड लागू गरेको छ । नागरिकलाई पूर्ण सरसफाइमा ध्यान दिनु पर्ने अभियानका लागि पालिकाले यस्तो शर्त राखेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सरसफाई सम्बन्धी सामग्री वितरण गर्दै यस्तो जानकारी गराएका हुन् । पालिकामा ८६ वटा टोल छन् । अध्यक्ष मल्लका अनुसार–यो टोलहरुमा कार्ड विरतण हुँदैछ, यसपछि पालिकाले शौचालय पत्र नहुनेलाई सेवा नै रोक्ने नीति लिइएको छ । पालिका पूर्ण सरसफाइयुक्त बनाउने अभियानका लागि यो नीति लिनु परेको अध्यक्ष मल्लले बताए । राक्सिराङ–३ को लावती, औले, कोलाङ्तीलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम गरेर शौचालय पत्र लागू गरिएको हो ।
वडाको एउटा विद्यालय र १ सय ३९ घरमा ‘एकघर एकधारा एक मिटर एक फिल्टर एक करेसाबारी’ अभियान सफल भएको घोषणा गरिएको छ । बस्ती पूर्ण सरसफाइ टोल घोषणासँगै शौचालय पत्रलाई अनिवार्य गरिएको हो । शौचालय परिचयपत्र जारी गर्दै पूर्ण सरसफाइ परिवार नभए सेवाबाट वञ्चितसम्म गर्ने पालिकाले तयारी गरेको हो । पालिकाले पालिकाभर यसलाई लागू गरिन लागेको जनाएको छ ।
आरआरएन संस्थाको सहजीकरणमा स्थानीयको घरमा शौचालय, सरसफाइका लागि मिटर, फिल्टर, करेसाबारी व्यवस्थापनको काम भएको छ । ‘खुला दिशामुक्त घोषणाको १२ वर्ष बित्दा पनि शौचालय बनाउनुहोस् भनिरहन परेको छ,’ वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबाले भने, ‘अब शौचालय कार्ड लागू भएको छ, यो भएन भने तपाईंले पाइरहनु भएको सुरक्षा भत्तासमेत रोक्नुपर्ने हुनसक्छ, त्यसका लागि वडाले सिफारिस नगर्न सक्छ ।’ उनले आफ्नो वडा, बस्ती सरसफाइयुक्त बनाइएको बताए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्