नेकपा एमाले थाहा नगरमा नेशनल भोलेन्टर्स फोर्स गठन गरेको छ । १ फागुनमा आयोजित युवाहरुको भेलाले भाइकाजी बलामीलाई कमान्डर बनाएर २५ सदस्यीय कमिटी गठन गरेको हो । निर्वाचन लक्षित युवा तथा स्वयंसेवक व्यवस्थापन कमिटी संयोजक बिजय बलामीको सभाध्यक्षतामा सम्पन्न भेलाले गजेन्द्र गोपालीलाई सह कमान्डर र प्रमोद श्रेष्ठलाई सेक्रेटरी बनाएको छ ।
कमिटीमा थाहानगरका २१ वटै मतदान स्थल केन्द्रित एक/एक सदस्यहरु सम्मिलित नगर कमिटी गठन गरेको हो । तिनै सदस्यहरु सम्बन्धित बुथका कमान्डर पनि हुने युवा तथा स्वयंसेवक व्यवस्थापन कमिटी संयोजक बलामीले जानकारी दिए । भेलामा प्रमुख अतिथि पार्टी प्रदेश कमिटी सदस्य एवम् निर्वाचन परिचालन कमिटी संयोजक बलराम बलले मतदातालाई सुरक्षित महशुस गराएर शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने वातावरणमा ध्यान दिन फोर्सको आवश्यकता रहेको बताए ।

चुनिएका कमिटीलाई एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले पद तथा गोपिनियताको शपथ गराउदै अराजक गतिविधिलाई निगरानी गरि शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनेतर्फ कार्य गर्न निर्देशन दिए । प्रदेश सदस्य अर्जुन अर्याल, जिल्ला सदस्य शशीधर सुवेदी, निर्वाचन अनुगमन कमिटी संयोजक बुद्वरत्न मानन्धरलगायतले भोलेन्टर्स फोर्सको आवश्यकता बारे चर्चा गरे ।
सभाध्यक्ष बलामीले मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उमेदवार महेश बर्तौला सबै हिसावले उत्कृष्ट उमेदवार रहेको उल्लेख गर्दै थाहाका अधुरा विकास योजनाहरुलाई पूर्णता दिन पनि निर्वाचित गराउनु पर्ने बताए ।

















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्