रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित तथा विपद परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
बाढीका कारण रसुवा,नुवाकोट र धादिङ जिल्लाका विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै सर्वसाधारण प्रभावित भएपछि मानवीय सहयोगस्वरूप बोर्डमा कार्यरत कर्मचारीहरूबाट रकम संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
कर्मचारीहरूको तर्फबाट संकलित सहयोग रकम विपदमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ । विपद्का अवस्थामा पीडितको उद्धार र राहतका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटिरहेका बेला हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीहरूले पनि आफनो तर्फबाट सहयोग गरेका हुन् ।
बोर्डका कर्मचारीहरूले प्राकृतिक विपद परेका नागरिकप्रति ऐक्यबद्धता जनाउदै आफनो पारिश्रमिकबाट रकम संकलन गरी सहयोग गरेका हुन् । बाढीपहिरोजस्ता विपद्का समयमा राज्यका निकायसंगै नागरिक तथा विभिन्न संघसंस्थाको सहयोग आवश्यक हुने भएकाले मानवीय भावनाका साथ सहयोग गरिएको कर्मचारीहरूको भनाइ छ ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै बोर्डका कर्मचारीहरूले प्रभावित परिवारको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने अपेक्षा गरेका छन् ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् तथा मानवीय सेवाका कार्यमा सहयोग गर्दै आएको जनाइएको छ । पछिल्लो सहयोगले प्राकृतिक विपद्मा प्रभावित नागरिकप्रति कर्मचारीहरूको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता थप उजागर गरेको छ ।












































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्