आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक दल आयोगमा दर्ता भएका हुन् ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाःराष्ट्रिय पार्टी दर्ता गर्ने निर्णय भएको छ । सो राजनीतिक दलको दल दर्ता खारेज भएकोमा त्यसविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश समेत भएकाले हाललाई अन्तरिम आदेश परिपालना गर्ने प्रयोजनको लागि नेपाःराष्ट्रिय पार्टी दर्ता कायम गर्ने निर्णय भएको आयोगको भनाइ छ । यससँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १११ पुगेको छ ।

यसैगरी स्थानीय तह निर्वाचनको लागि आवश्यक मतपत्र छपाइ गर्न कागज खरिदका लागि भएको बोलपत्र बमोजिम न्यूनतम कबोल गर्ने सप्लायर्ससँग खरिद सम्झौता सम्पन्न भएको पनि आयोगले जनाएको छ।

पालिका प्रेस
थप जानकारी