मकवानपुर थाहा नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने पत्रकारिता तथा उद्घोषण तालिम भएको छ । जनमुखी अभियानको आयोजनामा थाहानगरको शिखरकोट स्थित शंकर होटलमा तालिम भएको हो ।
तालिम १४ र १५ चैतमा भएका तालिमका संयोजक सानोबाबु मोक्तानले जानकारी दिए । तालिममा ३५ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई ग्यालेक्सी फोर के टेलिभिजन बागमती प्रदेश ब्युरो प्रमुख देवराज पन्तले र एपि वान टेलिभिजन तथा अन्नपूर्ण मिडिया नेटवर्क बागमती प्रदेश ब्युरो प्रमुख तथा नेपाल पत्रकार महासंघका महासचिव कृष्ण सारु मगरले प्रशिक्षण दिएका थिए ।
तालिमका उत्कृष्ट भएकाहरुलाई रेडियो तथा अनलाइन मिडियामा काम गर्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्