मकवानपुरको थाहा नगरपालिकाको उपमेयर खड्ग गोपालीले आफू मेयर बन्ने दाबी गरेका छन् । काँग्रेसका गोपाली २०७४ सालको निर्वाचनबाट थाहा नगरपालिकाको उपमेयर पदका उम्मेदवार भएर निर्वाचित भएका थिए ।

उनले गठबन्धनको नाममा पुनः उपमेयरमा उठ्ने चाहना नभएको भन्दै आफू मेयरमै उठ्ने बताए । ‘अघिल्लो निर्वाचनमा पनि मेयर भनेर भोट मागेर हिँडियो । गठबन्धन हुँदा उपमेयरमा परियो,’ उनले भने, ‘म फेरि पनि उपमेयरमा उठ्न चाहन्न । अब म मेयरमा उठ्ने हो । म नेपाली काँग्रेसको तर्फबाट मेयरमा उठ्ने हो ।’

आफूले मेयर पदका लागि तयारी गरेको र सोही अनुसार पार्टीले मूल्याङ्कन गरेर पार्टीले आफूलाई उम्मेदवार बनाउने उनको अपेक्षा छ ।

पालिका प्रेस
थप जानकारी