निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई सशुल्क मतदाता नामावली विवरण उपलब्ध गराउने भएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन सक्नेछन्।
निर्वाचन निर्देशिका २०७८ मा मतदाता नामावली उपलब्ध गराउने सम्बन्धी व्यवस्था छ। केन्द्रबाट दलको आधिकारिक पत्रका आधारमा ७ हजार रुपैयाँ तिरेर देशभरिको र ५ हजार रुपैयाँ तिरेर प्रदेशको विवरण केन्द्रबाट उपलब्ध गराउन सकिन्छ।
जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको निवेदनका आधारमा जिल्ला भरीको ३ हजार, पालिकाको १ हजार र वडाको आवश्यक भएमा पाँच सय रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट इलेकट्रोनिक कपी उपलब्ध गराउने व्यवस्था छ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्