नेकपा एमालेले मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका ४ वटा वडामा वडा अध्यक्षसहित पाँचै जनाको उमेद्वार टुङ्गो लगाउको छ ।
एमाले इन्द्सरोवरले १ नम्बर वडामा राजु बस्नेत, २ मा बैकुण्ठ थापा, ३ मा प्रताप भोम्जन र ४ मा चन्द्र कुमार बललाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ । वडा नम्बर ५ मा भने दुईजनाको अध्यक्ष पददमा दाबी रहेको छ । ५ नम्बर वडामा राजु लामा र अनिश लामा आकांक्षी देखिएका छन् ।
यसैबीच पालिका अध्यक्षमा एमालेबाट देवकृष्ण पुडासैनीलाई अध्यक्षको उमेद्वार उठाउने निर्णय गरेको छ भने उपाध्यक्षमा टुङ्गो लाग्न सकेको छैन ।
५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिकामा वि.सं. २०७४ को स्थानीय पालिका निर्वाचनमा वडा नम्बर १ बाहेक सबै वडा नेकपा एमालेले अध्यक्षसहित सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको थियो । वडा नम्बर १ भने नेपाली काँग्रेसले जितेको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्