बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ४ वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालयबाट सिफारिस भइ आएको विभिन्न ४ वटा अध्यादेश जारी गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले स्थानीय तहको सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश २०७८, प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश २०७८, विभूषणको सिफारिस तथा सम्मान र पदक सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ र मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो संशोधन अध्यादेश २०७८ जारी गरेका हुन् ।
अध्यादेश जारी गरिएपछि प्रदेश प्रमुख सचिवालयबाट बागमती मुख्यमन्त्री परिषद् कार्यालयमा सक्कली कपी पठाइसकिएको पनि सो सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्