भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन प्रारम्भ गरेको एकसय वर्ष पुगेको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी विशेष कार्यक्रम मनाएको छ । नेपालमा घरजग्गा किनबेच हुन थालेको १०० वर्ष पुगेको हो । विक्रम संवत १९७९ साल बैशाख १ गते ‘पोता रजिष्ट्रेशन’ लिखतलाई पहिलो किनबेच भएको मानिन्छ ।

शतवार्षिकीको ३० चैतमा एक कार्यक्रमको आयोजनजा मालपोत कार्यालय शिखरकोटमा पनि तीनदिने कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रमको मालपोत कार्यालय शिखरकोटका प्रमुख मधु लम्सालले शुभारम्भ गरेका हुन् । तीनदिने कार्यक्रम अन्तर्गत पहिलो दिन शुभारम्भ तथा कार्यालय परिसरमा सरसफाइ, दोस्रो दिन अन्तरक्रिया र तेस्रोदिन सेवाग्राही सम्मान तथा समापन कार्यक्रम गरिएको कार्यालय प्रमुख लम्सालले बताए ।

वि.सं. १९७९ भन्दाअघि घरजग्गा किनबेच हुने भएपनि सरकारसँग कुनै रेकर्ड नहुने र लिने दिने दुई जना र साँची बसेर कागज गरेपछि जग्गाको किनबेच हुँदै आएकोमा सरकारले १९७९ बैशाख १ गतेदेखि माल अड्डाबाट किनबेच शुरु गरेको मालपोत कार्यालय शिखरकोटका प्रमुख लम्सालले जानकारी गराए ।

तत्कालिन मालअड्डा पछि मालपोत कार्यालय नामाकरण गरिएको हो । वि.सं. २०१९ सालसम्म नेपालमा जग्गाको नापी कार्यालय स्थापना भएको हो । त्यासोतः प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर मालपोत कार्यालयले नै जग्गाको न्युनतम मूल्याङ्कन तोक्ने काम २०५० पछि मात्रै शुरु गरिएको हो । त्यसअघि नगर पञ्चायतले जग्गाको मूल्याङ्कन गर्ने चलन थियो । वि.सं. २०७२ सालबाट मालपोत कार्यालय कलंकीबाट अनलाइन प्रणाली शुरु गरिएको हो । चालु आर्थिक वर्षबाट मात्रै देशभरका १२६ ओटै मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू भएको छ । देशभर १३१ ठाउँमा मालपोत कार्यालय स्थापनाको लागि स्वीकृति लिएपनि १२६ मालपोत कार्यालय मात्रै सञ्चालनमा छन् ।

पालिका प्रेस
थप जानकारी