साहित्यिक साँझ, मकवानपुर थाहानगरका लागि नयाँपन हो । यहि नयाँपन नयाँ वर्षको शुरुवातसंगै अभ्यास भयो । नयाँ वर्ष २०७९ को आवागमनसंगै थाहा नगरपालिका वडा नम्बर ४ नयाँगाउँमा २ वैशाखमा ‘पालुङ साहित्यिक साँझ’ भएको छ । मिठामिठा परिकार चाख्न र पारिवारिक वातावरण भएको साहारमा २ वैशाख साँझ, स्थानीय तथा बाह्यि साहित्यकारहरुको उपस्थितीमा रिसोर्टका अतिथीहरुले सहित्यिक स्वाद पनि लिन भ्याए । रिसोर्टको रमणीय थुम्को सहित्यमय भयोे । साहित्यकारहरुको मुक्तक र कविता वाचनमा रिसोर्टका अतिथीहरु झुम्मिए । र, आफूलाई आनन्दित तुल्याए । पालुङ साहित्य परिषद्को व्यवस्थापनमा साहारा रिसोर्टमा ‘साहित्यिक साँझ’ भएको हो ।
स्थानीय कविहरू नवराज बर्तौला, भद्रध्वज गौतम, राम बर्तौला ‘आँसु’, अञ्जन प्रधान, शालीकराम बर्तौलाले रचना वाचन गरेका थिए । कार्यक्रममा चन्द्रनिगाहपुर रौतहटका वरिष्ठ साहित्यकार हरिकृष्ण काफ्लेको विशेष प्रस्तुति रहेको थियो । नेपाली साहित्यका शिखर व्यक्तित्व हरिकृष्ण काफ्ले मुक्तक विधामा ४ दशकदेखि सक्रिय साधनारथ छन् । उनका ३ वटा कृति प्रकाशित छन् भने अर्को कृति प्रकाशनको तयारीमा रहेको छ । जीवन र जगतका विविध विषयलाई गम्भीर ढंगले दार्शनिक अभिव्यक्तिका साथ कलात्मक विचार प्रवाह गर्नसक्ने हैसियत निर्माण गरेका काफ्ले समकालीन समयका चर्चित मुक्तककार हुन् । उनको योगदानको उच्च मूल्यांकन गर्दै संस्थाले मुक्तक रत्न २०७९ समर्पण गरेको छ ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा स्थापना भएको पालुङ साहित्य परिषद्ले यसभन्दा अगाडि राष्ट्रिय गजल यात्रा, यात्रा साहित्य, साहित्य महोत्सव, पुस्तक प्रकाशन र प्रतियोगियात्मक कविता गोष्ठी लगायत अन्य विविध कार्यक्रम सम्पन्न गरिसकेको छ। भद्रध्वज गौतमको संयोजन तथा संस्थाका अध्यक्ष बिर्खे ‘अञ्जान’बाट संचालन भएको पालुङ साहित्यक साँझमा स्थानीय उल्लेखनीय जनसहभागीता रहेको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्