मकवानपुरको थाहानगर स्थित इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिना सरुवा भएका छन् ।
इलाका प्रहरी कार्यालय पालुङमा करिव एक वर्ष प्रमुख रहेका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाको जिल्ला प्रहरी कार्यालय कास्की अपराध अनुसन्धान समुहमा सरुवा भएको हो ।
पालुङमा भने काठमाण्डौंबाट प्रहरी निरीक्षक दुर्गा खनाल आएका छन् । खनाल महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट सरुवा भई पालुङ आएका हुन् । ५ वैशाखमा थाहा नगरपालिका कार्यालयमा तिमल्सिनाको विदाई तथा खनालको स्वागत गरिएको छ । थाहानगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक तिमल्सिनाको विदाई र खनालको स्वागत गरिएको छ ।

तिमल्सिनाकाे विदाइ गरिँदै ।
कार्यक्रमको अवसरमा विदाई हुँदै गरेका तिमल्सिनाले करिब १ वर्षको अवधिमा पालिका र प्रहरी कार्यालयबीचको समन्वयात्मक कार्य प्रभावकारी भएको बताउँदै जनप्रतिनीधि र पालिकाको कर्मचारीहरुबाट भरपूर सहयोग पाएको उल्लेख गरे । उनले यहाँका राजनीतिक दलहरुले कुनैपनि कुरामा दबाब नदिइ समन्वयात्मक कार्य गरेको सम्झना गरे । कार्यक्रममा सरुवा भई आएका प्रहरी निरीक्षक खनालले यहाँको शान्ति सुरक्षामा कुनै कमी हुन दिने प्रतिवद्धता व्यक्त गरे । खनालले जनप्रतिनीधि, राजनीतिक दल तथा कर्मचारीहरुसंगको समन्वयलाई थप प्रभावकारी बनाउन आफू लागि पर्ने धाराणा राखे ।
कार्यक्रममा थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, सूचना अधिकारी सुरजकुमार भुजेललगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका राजनीतिक सल्लकार विष्णु विष्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सन्तोष विष्टलगायतकाको उपस्थिती रहेको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्