नेपाल लाईफ इन्स्योरेन्स कम्पनी प्राइभेट लिमिटेड पालुङ उपशाखाले बिमित व्यक्तिको घरैमा पुगेर मृत्यू दाबी भुक्तानी दिएको छ । कम्पनीले थाहा नगरपालिका वडा नम्बर ६ का मिन बहादुर मिजारलाई घरैमा पुगी मृत्यु दाबी रकम उपलब्ध गराएको हो ।
छबर्ष अगाडि मनिषा मिजारको उनको परिवारले १ लाख ५ हजारको बीमा गरेका थिए । बिमित मनिषाको २०७८ माघ ६ गते मोटरसाइकल दुर्घटना भई उपचारको क्रममा मृत्यू भएको थियो ।
पालुङ उपशाखाका प्रमुख नरहरी पौडेल तथा एजेन्सी म्यानेजरले बिमाङ्क १ लाख ५ हजा र बोनस ४० हजार ९५० गरी कुल १ लाख ४५ हजार ९ सय ५० रुपैयाँ दाबी वापतको रकम चेकमार्फत संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्