सचेत सिपमुलक र सुरक्षित रोजगारः मर्यादित श्रम आप्रवासनको मुल आधार भन्ने मुल नाराकासाथ प्रत्येक वर्ष डिसेम्बर १८ मा मनाइने अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ थाहानगरमा मनाइएको छ । थाहा नगरपालिकाको शिखरकोटमा दीप प्रज्वलन गरी दिवस मनायएको हो ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र मकवानपुरको सहकार्य र थाहा नगरपालिकाको आयोजनामा ३ पुस साँझ शिखरकोटको कृष्ण मन्दिर चोकमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको तथा अङ्गभङ्ग भएका कामदारहरुको सम्झना स्वरूप दिप प्रज्वलन तथा मौन धारण समेत गरिएको थियो ।

कार्यक्रममा पत्रकार कुमार नेगी, प्रेस सेन्टर थाहानगरका अध्यक्ष शम्भु अधिकारी, ईलाका प्रहरी कार्यालय पालुङका प्रहरीहरु तथा स्थानीय युवाहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सुरक्षित आप्रबवासन परियोजना थाहानगरका सुनिता बस्नेत र मेलिना केसीले सहजीकरण गरेका थिए ।