भूमि आयोग जिल्ला समिति ओखलढुंगाका अध्यक्ष अशोक कार्कीले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा लिखु गाउँपालिका अध्यक्षमा चुनाव लड्ने भएपछि उनले भूमि आयोगकाे जिल्ला समिति अध्यक्षबाट राजिनामा दिएका हुन् ।
नेपाली कांग्रेसका पुराना नेता कार्की केही समय अघि भूमि आयोगको अध्यक्ष नियुक्त भएका थिए । आयोगको अध्यक्ष नियुक्त भए लगत्तै उनले आयोगको काममा आफु जागिर खाएर बस्दा पार्टी संगठन निर्माण र चुनाव परिचालन कमजोर हुने र आफूले पदबाट राजिनामा दिने बताउँदै आएका थिए ।
आफू स्थानीय निर्वाचनको दावेदार रहेको र स्थानीय निर्वाचनमा गठबन्धनबीच तालमेल भए संघ र प्रादेशिक निर्वाचनकोसमेत तयारी गर्ने गरी भूमि आयोगबाट राजिनामा दिएको उनले बताए । कार्कीले विहिबार आयोगको कार्यालयमा पुगेर राजिनामा बुझाएका छन् ।
यद्यपी लिखु गाउँपालिकामा माओवादीले पनि दावी छाडेको छैन । कार्की २०७४ को स्थानीय निर्वाचनमा लिखु गाउँपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार थिए । नेकपा एमालेका गोविन्दबहादुर पौडेलसँग झिनो मतले उनी पराजित भएका थिए ।














































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्