नेकपा माओवादी केन्द्र इन्द्रसरोवर गाउँपालिकाले ३० वैशाखमा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको उमेद्वारको नाम सार्वजनिक गरेको छ ।

माओवादी केन्द्रले गाँउपालिका अध्यक्ष र उपाध्यक्ष सिफारिस गरेको छ भने वडा अध्यक्ष सर्वसम्मत चयन गरेको छ । पालिका अध्यक्षका लागि विक्रम सिहं मुक्तान, सानुकान्छा वाईवा र बिर्जु पदम तामाङ तथा पालिका उपाध्यक्षमा रश्मी लामा वल र रविता दर्लामीको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्र ईन्द्रसरोवरले जानकारी दिएको छ ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने बताएको माओवादीले वडा अध्यक्षको उमेद्वार भने सर्वसम्मत सिफारिस गरेको छ । माओवादी इन्द्रसरोवरको वडा नं. १ को अध्यक्षमा मानदोस वाईवा, २ नम्बर वडामा धनही रुम्बा, ३ नम्बरमा सुरज घिसिङ, ४ नम्बरमा विष्णु डिम्डुङ, र वडा नम्बर ५ को अध्यक्षमा रामकृष्ण डिमडुङलाई वडा अध्यक्षको उमेद्वार सिफारिस गरेको हो ।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा एउटा सदस्य पनि जित्न नसकेको माओवादी केन्द्र ०७४ को मतगणनाको आधारमा इन्द्रसरोवर गाउँपालिकामा राजनीतिक हैसियत नेपाली काँग्रेस र राप्रपा भन्दा पनि पछाडि रहेको छ ।

पालिका प्रेस
थप जानकारी