जुम्लाकाे तिला गाउँपालिका वडा नम्बर ३ मा गएराति आगलागीबाट एकै परिवारका चार जनाकाे मृत्यु भएकाे छ। तिला गाउँपालिका ३ मा आगलागीबाट एकै परिवारका चार जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रतननाथ याेगिले जानकारी दिएका छन् ।

तिला ३ निवासी मानसिंह सार्किको घरमा गएराती करिब ११ बजेतिर आगलागी भएको स्थानीयले बताएका छन् । आगलागी बाट १० बर्षकी छोरी अनिमा, २ बर्षकी छोरी दिया , १ बर्षको छोरा दिपेश नेपाली र १४ बर्षकी भान्जी तिर्सना नेपालीको मृत्यु हो । आगलागीबाट घाइते मानसिंह नेपाली, उनकी श्रीमती फागुनी सार्कि, बहिनी रुन्चकलिको अहिले अचेत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

पालिका प्रेस
थप जानकारी