सत्तारुढ गठवन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना कुमारी लामाको उमेदवारी हुने भएको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचन अन्तर्गत सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादी (एस) बाट मीना कुमारी लामा हुजे भएकी हुन् ।
एकीकृत समाजबादीको भागमा परेको हेटौंडाबाट वर्तमान उपमेयर लामाले मेयरमा उमेदवारी दिने निर्णय भएको छ । गठबन्धन दलहरुको घोषणा पत्र लिएर जनतामाझ जाने लामाले तयारी थालेकी छिन् ।
सरकार गठबन्धन दल तथा दलका शीर्षस्थ नेता बिच भएको सहमतिमा हेटौंडाको मेयर नेकपा एस र उपप्रमुख कांग्रेसको भागमा परेको थियो।
नेकपा एसको १० वैशाखमा बसेको बैठकले सिफारिस गरिएका दुईजना मध्ये मिना कुमारी लामालाई मेयरमा उम्मेदवारी टुङ्ग्याएको हो। उपप्रमुख पाएको कांग्रेसले अझै उम्मेदवार टुङ्ग्याएको छैन ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्