निर्वाचन आयोगले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । आयोगले १० वैशाख बिहान १० बजेदेखि ११ वैशाख अपरान्ह ५ बजेसम्म जतिबेला जुनसुकै व्यक्ति उम्मेदवारी दिन आएपनि दर्ता गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।
केही निर्वाचन अधिकृतहरुले दलगतको आधारमा उम्मेदवारी दर्ता गर्नुपर्ने भनी निर्णय गरेको हल्ला फैलिएको भन्दै आयोगले त्यसरी समय नतोक्न निर्देशन दिएको हो ।
‘केही ठाँउमा गोलाप्रथा गरेर वा कुनै उपायले दलहरुलाई निश्चित समय छुट्याएको हल्ला आयो’ निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले भने, ‘त्यसरी समय नतोक्न, कार्यालय समयभित्र जुनसुकै बेलामा आएपनि मनोनयन दर्ता गर्न आयोगले निर्देशन दिएको हो ।’


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्