• जन्म २०१९ साल साउन १३ गते मकवानपुर जिल्लाको भीमफेदी गाविस वडा नं ४
  • बुवाको नाम डिल्लीनाथ पौडेल र आमाको नाम हरीप्रियादेवी पौडेल
  • २०२३ सालमा हालको हेटौंडा–९ मा बसाईसराई
  • प्रारम्भिक शिक्षा ः हेटौंडा–४ स्थित श्रमिक मावि
  • भुटनदेबी मावि हुँदै मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातक तह
  • २०३५ साल चैत २७ गते तत्कालिन नेकपा मालेको सम्पर्कमा आउँदै राजनितिक जीवन सुरुवात
  • २०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको तर्फबाट सक्रिय भूमिका निर्वाह
  • २०३८ सालमा अनेरास्ववियु मकवानपुरका कोषाध्यक्ष जिम्मेवारी प्राप्त
  • २०४० सालमा अनेरास्ववियु जिल्ला अध्यक्ष जिम्मेवारी प्राप्त
  • २०४१ सालमा अनेरास्ववियु नारायणी अञ्चल सहसचिव जिम्मेवारी प्राप्त
  • विद्यार्थी आन्दोलनकै क्रममा गिरफ्तार, डेढ वर्ष रौतहट जिल्लाको कारागार जीवन
  • २०४३ सालमा नेकपा मालेको संगठित सदस्यता प्राप्त
  • २०४३ सालमा नेकपा मालेको हेटौंडा नगर कमिटी सचिव जिम्मेवारी प्राप्त
  • २०४४ सालमा नेकपा माले जिल्ला कमिटी सदस्य,
  • २०४६ सालको जनआन्दोलन सञ्चालन प्रविधिको सदस्य हुँदै जनआन्दोलनमा अग्रणी कार्यकर्ताको रुपमा भूमिका निर्वाह
  • २०४७ सालमा नेकपा माले र नेकपा एमाले एकिकरण भएपछि नेकपा एमालेको जिल्ला सचिवको जिम्मेवारी प्राप्त
  • २०४८ सालको पहिलो आम निर्वाचनमा मकवानपुरको तिन वटै क्षेत्रमा नेकपा एमालेलाई विजयी गराउन सफल
  • २०४९ सालको स्थानिय तहको निर्वाचनमा पनि जिल्ला विकास समिति र हेटौंडामा नेतृत्वलाई विजयी गराउन सफल
  • २०५१ सालमा एमालेको सरकार बनेपछि मकवानपुरको सुकुम्बासी आयोगको जिम्मेवारी प्राप्त, सो क्रममा मकवानपुरमा भूमिहिन तथा अव्यवस्थित बसोबास गर्नेहरुलाई ३ हजार २ सय लालपूर्जा वितरण
  • २०५० सालमा बाढीपिडितहरुलाई पदमपोखरीको बृन्द्धाबनमा ४ सय परिवारलाई ८ महिना भित्रमा घर बनाएर वितरण
  • २०५४ सालमा नेकपा एमालेको अञ्चल कमिटीको कार्यालय सचिवको जिम्मेवारी प्राप्त
  • २०५४ सालमा जिल्ला विकास समितिको निर्वाचनबाट जिल्ला विकास समिति सदस्यको जिम्मेवारी प्राप्त
  • २०५९ पछि लगातार २ कार्यकाल नेकपा एमाले नारायणी अञ्चल सचिवको जिम्मेवारी
  • २०६२÷०६३ को जनआन्दोलनमा मुल नेतृत्वको जिम्मेवारीमा रहेर आन्दोलन संचालन र सफल
  • २०६४ सालमा संविधान सभाको पहिलो निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार÷पराजित
  • २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा विजयी हुँदै संविधा सभा संसदिय दलको सचिवको रुपमा रहँदै संविधान निर्माणमा महत्वपूर्ण भूमिका प्रदान
  • २०७४ सालको संघिय निर्वाचनमा सोही क्षेत्रबाट एमालेका उम्मेदवार कृष्ण प्रसाद दाहाललाई विजयी गराउन महत्वपूर्ण भूमिका
  • विचमा केही समय पार्टीको प्रदेश संगठन विभाग प्रमुुखको भूमिका निर्वाह
  • हाल पार्टीको केन्द्रिय निर्वाचन विभाग सदस्य÷ हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार
  • पारिवारिक अवस्थाः श्रीमती, २ छोरा र १ छोरी ।
पालिका प्रेस
थप जानकारी