नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । समितिको गठन आदेशको दफा ७ को बुँदा ञ र ठ अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रालाई कारबाही गर्न कार्यविधि बनाउन लागेको हो । कार्यविधि मस्यौदा गर्ने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग पनि छलफल गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
समितिसँग अनुमति लिएर हालसम्म १४ पात्रो र ८९५ भित्तेपात्रो प्रकाशन भएका छन् । दुई पात्रो र करिब तीन दर्जन भित्तेपात्रो अनुमति नलिई प्रकाशन भएको पाइएको पनि उनले बताए। अनुमति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोका नाम पनि क्रमशः सार्वजनिक गरिने भएको छ ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्