मकवानपुरमा कुल २ हजार ३६ जनाको उमेद्वारी परेको छ । कुल ५ सय ३० पदका लागि झण्डै ४ गुणा बढि उमेद्वारी परेको हो ।

२ पालिका प्रमुखका लागि २५ र २ उपप्रमुखका लागि १३ जनाको उमेद्वारी परेको छ ।

त्यस्तै ८ पालिका अध्यक्षका लागि ५८ र ८ उपाध्यक्ष पदका लागि ३६ जनाको उमेद्वारी परेको छ । १०२ वटा वडा रहेको मकवानपुरमा १ सय २ अध्यक्षका लागि ४ सय ८१, १ सय २ महिला सदस्यका लागि ३५५, १०२ दलित महिला सदस्यका लागि ३०८ र २०४ खुल्ला वडा सदस्यका लागि ७६० जनाको उमेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ ।

दिनेश दर्पण
थप जानकारी