नेकपा एमालेको आयोजनामा १८ वैशाखमा हेटौंडामा आमसभा भएको छ । आमसभालाई संबोधन गर्दै नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।
मे दिवसको सन्दर्भ पारेर हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । अध्यक्ष ओलीले माओवादी केन्द्र ठेकीको बिर्को भएको बताए । नेकपा माओवार्दी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको याद आएको बताए ।
“मैले यहाँ ठेकी उपहार पाएँ, मैले ठेकीको बिर्को उचाले मलाई के लाग्यो भने प्रचण्डको पार्टी ठेकीको बिर्को जस्तै लाग्यो,” उनले भने,“नाम पनि माओवादी केन्द्र छ माथि केन्द्र, ठेकीभित्र केही छैन कार्यकर्ता यता आइसके, प्रचण्डको सानो गिह्रो छ बिर्को मात्रै, ठेकीको बिर्को उठाउँदा खेरी प्रचण्डको अनुहार सम्झे ।” अध्यक्ष ओलीले प्रचण्डको पार्टीको कुनै उदेश्य र गन्तब्य नरहेको समेत आरोप लगाए ।
‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स९रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’ उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख भ्याक्सिन निल्यो । अब अर्बौको औषधि खरिद हुँदैछ’उनले भने । उनले सत्तारुढ गठबन्धन विकास गर्न नभएर सरकरा देशलाई कंगाल पार्न जन्मिएको आरोप लगाए ।

‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन,’ ओलीले भने । सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको उनले बताए । ‘सरकार अझै पनि चुनाव विथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदैछ । तर, गठबन्धन चुनाव हुन नदिने बहाना खोजिरहेको छ ।’
उनले संविधानअनुसार दुई महिना अगाडि फागुनमा चुनाव हुनुपर्ने बताए । ‘गठबन्धन संविधानको पालना गर्ने सरकार भए फागुनमै चुनाव हुन्थ्यो,’ उनले थपे ।
उनले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर बढाएको विषयमा समेत व्यंग्य गरे । ‘हेटौंडाभर मन्त्रालय नै मन्त्रालय र मन्त्री नै मन्त्री देखियो । यता, हेर्यो झन्डा उता हेर्यो झन्डा,’ उनले भने ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्