स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले १९ वैशाख दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो ।
स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताए । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने जानकारी दिए ।
निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् । गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा (माओवादी केन्द्र)का ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
स्थानीय निर्वाचन २०७९ मा कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्विरोध निर्वाचित भएको पदमा भने मतदान हुनेछैन । आयोगका अनुसार हालसम्म १७० दलित सदस्यमा उम्मेदवारी परेको छैन । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा १७६ दलित उम्मेदवारका लागि उम्मेदवारी परेको थिएन । ती स्थान रिक्त थिए । निर्वाचन ऐनबमोजिम देशभरिका सबै छ हजार ७४३ वडामा एकरएक जना दलित महिला सदस्य अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ तर उम्मेदवारी नै नपरेपछि उक्त पद यस वर्षको चुनावबाट समेत रिक्त नै हुने भएको हो । सहायक प्रवक्ता अर्यालले उक्त सङ्ख्या अन्तिम भने नरहेको प्रस्ट्याउँदै बढ्न सक्ने बताए ।
प्रमुख दल कसका कति निर्विरोध
नेकपा एमाले
गाउँपालिका अध्यक्ष –१
गाउँपालिका उपाध्यक्ष –२
वडाध्यक्ष –१४
खुल्ला सदस्य –२६
महिला सदस्य –२३
दलित महिला सदस्य –५७
जम्मा –१२३
नेपाली कांग्रेस
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –१४
खुला सदस्य –३१
महिला सदस्य –१५
दलित महिला सदस्य –४०
जम्मा –१०१
नेकपा माओवादी केन्द्र
वडाध्यक्ष –३
खुल्ला सदस्य –५
महिला सदस्य –७
दलित महिला सदस्य –३९
जम्मा –५४
नेकपा एकीकृत समाजवादी
गाउँपालिका अध्यक्ष –२
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –६
खुल्ला सदस्य –१२
महिला सदस्य –७
दलित महिला सदस्य –६
जम्मा – ३४


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्