मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले घोषणा पत्रमार्फत् हेटौंडाका जनतालाई १० हजार लिटरसम्म खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा गरिन् । न्यूनतम ३०० युनिट विद्युत पनि नि:शुल्क वितरण गर्ने योजना रहेको लामाले जानकारी दिइन् ।
नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार रहेका राजेश बानियाँले १९ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी चिकित्सकसहितको स्वास्थय सेवा उपलब्ध गराइने बताए ।
‘चिकित्सा स्वास्थ्य अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छौं । प्रत्येक वडामा मिनी रंगशाला, कभर्ड हल, व्यायमशाला र पुस्तकालय निर्माण गर्नेछौं’, बानियाँले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो नगर युवा, बालबालिका तथा महिलामैत्री घोषणा गर्नेछौं ।’


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्