मकवानपुर थाहानगरका काँग्रेस माओवादी गठबन्धका कार्यकर्ता मतदाता शिक्षातर्फ लागेका छन् ।
नगर प्रमुख र उपप्रमुखमा चुनावी तालमेल गरेको माओवादी र काँग्रेसका उमेद्वार प्रचारमा समेत संगै छन् । उनीहरु बजार भन्दा पनि गाउँ केन्द्रित हुँदै मतदाता शिक्षा दिन लागेका छन् ।
नमुना मतपत्र लिएर मेयरका उमेद्वार विष्णु बहादुर विष्ट तथा उपमेयरका उमेद्वार भरत गोपाली गाउँ पसेका छन् । अहिले पार्टीका कार्यकर्ता भोट हाल्न सिकाउँदै छन् भने उमेद्वार नागरिकलाई प्रतिवद्धता बताइरहेका छन् ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्