सयौँ सबारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि २४ वैशाखदेखि मकवानपुरमा सबारीसाधनमा माइकिङ गर्न तथा सार्बजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै यसलाई बन्द गर्ने निर्णय गरेको हो ।

सर्वदलीय बैठकमा सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको बताइएको छ ।

पालिका प्रेस
थप जानकारी