मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ जाबुटारकी संञ्चमायाँ थिङकोे गाउँमा आजभोलि भोट माग्न उमेद्वारहरु पुगिरहन्छन् । सञ्चमायाँ ९० वर्ष भइन् । चुनावी घरदैलोको क्रममा नेकपा एमालेका कैलाश गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिएका नरेन्द्र रिजाल पनि उनै सञ्चमायाँकोमा पुगे ।

सञ्चमायाका लागि २०७९ को स्थानीय तह चुनाव खासै नयाँ हैन । उनीकोमा भोट माग्न पुग्ने उमेद्वारकै उमेर बराबर उनले मतदान गर्न थालेकै भैसक्यो । पालिका अध्यक्षका उमेद्वार रिजालले पनि अन्तजस्तै सञ्चमायासंग भोट मागे । सेतै कपाल फुलेकी वृद्ध लौरो टेकेर ठकमठमी हिँडेको देखेपछि घरदैलो अभियानका रिाजालले भने–‘मैले अध्यक्ष पदमा उम्मेद्वारी दिएको छु, मलाई जिताउनुस् है आमा ?’ उम्मेद्वार रिजालको अनुरोध सुनेपछि सञ्चमायाँले पनि सोधीखोजी गरिन् । मतदाताले नै यसरी सोधीखोजी गर्न थालेपछि उमेद्वार रिजालले पनि पटापट्ट जवाफ दिए । प्रश्नोत्तरमा रिजाल नेकपा एमालेका उमेद्वार भन्ने थाहा पाएपछि सञ्चमायाँले बल्ल कुरो खोलिन् । र भनिन्–‘जितको शुभकामना छ, आशिर्वाद दिएँ ।’

सञ्चमायाँले कुरो खोल्दै गइन्, एमाले पार्टीले हामी जस्ता बृद्धलाई पालेको छ । उनले भनिन्–‘भत्ता बढेको छ बाबु, हामी जस्ता बुढापाकाको ओखतीमुलो खर्च धानेको छ’ भनले भनिन्–‘अरु पार्टी वा कुन्नी केही जान्दिँन भोट चै त्यही वृद्धाभत्ता दिने पाटीलाई हाल्ने हो ।’ आफूलाई चुनाव चिन्ह समेत प्रष्टै थाहा भएको बताउँदै भनिन्–‘जितको शुभकामना भोट पाउनुहुन्छ ।’

सञ्चमायाँको कुरा सुनिसकेपछि रिजालको मनमा कैलाशको मुहार फेर्ने सपनामा एक इट्टा थप्ने काम गरेको प्रतिक्रिया दिए । कृषि पर्यटन, पुर्वाधारलाई पहिलो प्राथमिकता दिदै वृद्ध आमाबुबाहरुको सपनालाई साकार पार्न लागि पर्ने रिजालले उद्घोष गरे । उनले भने–‘सुर्यमा मत दिएर विजयी गराइदिनूस् हामी विकास र सम्वृद्धि भित्र्याउँछौं ।’

–रुपक कालिराजको सहयोगमा

पालिका प्रेस
थप जानकारी