मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ माओवादी केन्द्रको हातमा परेको छ । अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उमेदवार गुप्तबहादुर कार्कीलाई १५ मतले पछिपार्दै नेकपा माओवादी केन्द्रका बमबहादुर सिन्तान वडा अध्यक्षमा विजयी भएका हुन् ।

वडा अध्यक्षमा सिन्तानले ७३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले ७२० मत प्राप्त गरे । ६६४ मत प्राप्त गरेर नेपाली काँग्रेसका नवराज लामा तेस्रो भएका छन् ।

थाहा–२ मा माओवादीको प्यानलै विजयी भएको छ । माओवादीको तर्फबाट खुल्ला वडा सदस्यहरुमा विजयी युवराज विष्टले ६१३ र अर्जुन कार्कीले ५९६ विजयी मत पाएका छन् । त्यसैगरी महिला सदस्यमा रितु कार्कीले ६७७ र दलित महिला सदस्यमा सिर्जना विकले ६५२ मतसहित विजयी भएका छन् ।

पालिका प्रेस
थप जानकारी