स्थानीय तह निर्वाचन मतगणना अन्तर्गत मकवानपुरको १ सय २ वडा मध्ये १४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा माओवादी केन्द्रले ६ वटामा जित हाँसिल गर्दै पहिलो बनेको छ भने ५ वडा जित्दै नेपाली कांग्रेस दोस्रो बनेको छ ।

यसैगरि, नेकपा एमालेले ३ वटा वडामा जित हाँसिल गरेको छ । जिल्लामा माओवादी केन्द्रबाट थाहा नगरपालिका १ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिंतान, मनहरी–२ मा राजकुमार पाख्रीन, बकैया–१ मा आशिष तितुङ,बकैया–२ मा विश्‍वराज स्‍याङतान र भीमफेदी ३ मा पृति लाल लामा विजयी बनेका छन् ।

यसैगरि,कांग्रेसबाट इन्द्रसरोवर–१ मा सुवास थापा,इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ,मनहरी–१ मा शिव प्रसाद खनाल,कैलाश–१ मा तेज बहादुर ब्लोन र मकवानपुरगढी–८ मा कांग्रेसका कुमार घिसिङ विजयी बने । यसैगरि,नेकपा एमालेबाट भिमफेदी–२ मा काशी राम बज्यु,कैलाश–१० मा एमालेका सुर्य बहादुर ब्लोन र भीमफेदी–४ मा सागर पाण्डे विजयी भएका छन् ।

पालिका प्रेस
थप जानकारी