मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा नेपाली काँग्रेसका राजन भक्त श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले १ हजार १३८ मतसहित विजयी भए । निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका मनहरी भट्टले ६ सय ४२ तथा माओवादीका ईन्द्र बहादुर श्रेष्ठले ५ सय १७ मात्र मत पाए । विजयी सदस्यहरु नेपाली काँग्रेसका मनोरथ बलामीले ८ सय ८८, पुर्णबहादुर घोम्बाले ९ सय ५६, महिला सदस्य उर्मिला अधिकारीले १ हजार ५ तथा दलित महिला सदस्य कौशिला दर्जीले १ हजार २६ मत पाएका छन् ।
०७४ को स्थानीय तह सदस्य निर्वाचनमा वडा नम्बर १० बाट जम्मा ४ जना सदस्य जितेको नेपाली काँग्रेसले थाहानगरमा ०७९ मा ऐतिहाँसिक जीत हासिल गरेको हो । यसअघि ६ नम्बर वडामा नेकपा एमालेले प्यानलसहित विजय हासिल गरेको थियो । ६ नम्बर अर्थात साविक बज्रवाराही गाविसमा २०४९ सालदेखि एमालेले जित्दै आएको स्थान हो ।
वडा नम्बर ६ मा कुल २ हजार ४५७ मत खसेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्