पालुङ जेसीज बर्ष २०२२ का शाखा सम्पादक माधव कार्कीले आफ्नोे जन्मदिन अवसरमा मकवानपुर थाहा नगरपालीका–२ ,सोल्टुको मत्स्यनारायण मा.वि.का लागि खेलकुदको सामाग्री हस्तान्तरण गरेका छन् ।

विद्यालयका बालबालिकाहरुका लागि खेलकुद सामाग्री बितरण गरिएको कार्कीले बताए । खेलकुद सामाग्री विद्यालयका प्रधानध्यापक बिष्णुहरि ढकाललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । पालुङ जेसीज २००७ का शाखा अध्यक्ष कृष्णमान श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई बर्ष २०२२ का शाखा अध्यक्ष जयराम केसीको सभाध्यक्षता रहेको थियो।

कार्यक्रमको अबसरमा विद्यालय परिवार, पालुङ जेसीज २०२२ का निवर्तमान अध्यक्ष नवराज लामा कार्यकारिणी उपाध्यक्ष सञ्जय गोपाली, कानुनी सल्लाहकार संगम कार्की, कोषाध्यक्ष बिक्रम गोपाली उपाध्यक्ष अञ्जय गोपाली लगायत पालुङ जेसीज २०२२ का बोर्डका पदाधिकारीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी