मकवानपुर थाहा नगरका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् । थाहानगरका नवनिर्वाचित प्रमुख विष्णुबहादुर विष्ट र उपप्रमुख भरत गोपालीले ६ जेठमा नगर कार्यपालिकाको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणको अवसरमा थाहानगरका निवर्तमान नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्गबहादुर गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनीधिहरु, कर्मचारीहरुलगायतकाको उपस्थिति रहेको थियो ।
पदभार ग्रहण अघि उपप्रमुख गोपाली तथा निर्वाचित अध्यक्ष र सदस्यहरुले नगर प्रमुख विष्ट समक्ष शपथ ग्रहण गरेका थिए ।
यसैबीच ६ जेठमै एक कार्यक्रमकाबीच निवर्तमान जनप्रतिनीधिहरुको विदाई गरिएको छ । कार्यक्रममा निवर्तमान जनप्रतिनीधिहरुलाई मायाँको चीनोसहित विदाई गरिएको भने नवनिर्वाचित जनप्रतिनीधिहरुलाई खादा र टिका लगाएर स्वागत गरिएको थियो ।




















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्