मकवानपुर थाहा नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा तीन ठूला दलले आफ्नो आकार बढाएका छन् । ०७४ को निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतभन्दा अहिलेका वडा अध्यक्षहरुले पाएको गतलाई हेर्ने हो भने उनीहरुको मतदाता संख्या बढेको छ ।

०७४ मा मतका हिसाबले पहलिो दल बनेको नेकपा एमालेले उक्त स्थान तल झर्न दिएको छैन । एमालेबाट वडा अध्यक्षका लागि भएका उम्द्वारहरुको मत ७ हजार ३७० छ भने नेकपा माओवादी केन्द्रको ६ हजार ९७० र नेपाली काग्रेसको ५ हजार ८२८ मत पुगेको छ । मतदाता वृद्धिदरमा नेपाली काग्रेस अग्रस्थानमा छ भने तीन ठूलादलमा मतदाता बढाउनेमा माओवादी कमजोर छ । ०७४ को तुलनामा नेपाली काँग्रेसले ०७९ मा १ हजार ८८० मतदाता बढाएको छ । नेकपा एमालेले ६०७ र नेकपा माओवादी केन्द्रले ५ सय ८७ मत मात्र बढाएको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले ०७९ मा ४६४, नेकपा एकीकृत समाजवादीले ३३४, राप्रप्राले १३५, मंगोल नेशनल अर्गानाइजेशनले ४१, जनता समाजवादी पार्टीले १५ र नेपाः राष्ट्रिय पार्टीले २ मत पाएको छ ।

पालिका प्रेस
थप जानकारी