थाहा नगरपालिकाका नव निर्वाचित मेयर बिष्णु बहादुर विष्टले नगरपालिकाको आन्तरिक आय वृद्धि तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरुका लागि व्यवसायिक संगठनसंग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

६ जेठमा थाहानगर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर विष्टले नगरको समग्र विकासका लागि सबैको उत्तिकै भूमिका रहने बताउदै थाहानगर उद्योग वाणिज्य संघसंग समन्वयकारी भूमिका रहने बताए ।

कार्यक्रममा संघका तर्फबाट अध्यक्ष कबिराज खत्रीले माला, खादा तथा प्रमाणपत्रले बधाई दिएका थिए । कार्यक्रममा नव निर्वाचित मेयर विष्ट, उपमेयर भरत गोपाली, वडाअध्यक्षहरुलाई बधाई दिएका थिए । यसैगरि, सोही कार्यक्रममा निवर्तमान मेयर लबशेर विष्ट र निवर्तमान उपमेयर खड्ग बहादुर गोपालीलाई कदरपत्रले सम्मान गरेका थिए ।

 

पालिका प्रेस
थप जानकारी