नेकपा माओबादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष बिनोद कुमार लामाले स्थानीय तह सदस्य निर्वाचनामा उम्मेदवार भएका सबैलाई आफूले प्राप्त गरेको मतको उच्च सम्मान गर्न अनुरोध गरेका छन् । ७ जेठमा विज्ञप्ती मार्फत लामाले यस्तो अनुरोध गरेका हुन् । विज्ञप्तीमा भनिएको छ,–‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनका क्रममा मतदाताका मत पाउनुहुने सबै उम्मेद्वारहरुलाई हार्दिक बधाई छ ।’ ‘१० वर्षे माओवादी जनयुद्ध, जन आन्दोलन लगायतको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र समावेशीतालाई स्थानीय तहको निर्वाचनले मजबुत बनाएको छ ।’–विद्दप्तीमा लेखिएको छ ।
गणतन्त्र स्थापना पछिको दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेको अवस्थामा सबैलाई विज्ञप्ती मार्फत बधाई समेत दिइएको छ । अध्यक्ष लामाले विज्ञप्ती मार्फत भनेकाछन्–‘हाम्रो गौरवशाली पार्टीको तर्फबाट थाहा नगरपालिकामा विजयी भएका नगर प्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु सबैलाई बधाई ज्ञापन गर्दछौं ।’
उनले पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले जनभावनाअनुरूप जनताको सेवामा अहोरात्र खटी जनताको सेवकको रुपमा कार्य गर्नेमा हामी विश्वास समेत प्रकट गरेका छन् । विज्ञप्ती मार्फत पाटीका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउने थाहा नगरपालिकाका सम्पुर्ण मतदाताहरु, निर्वाचन कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी सबैलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरेका छन् ।
विज्ञप्ती:



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्