मकवानपुर थाहा नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत कार्यपालिका सदस्यका लागि हुने निर्वाचनका लागि नेपाली काग्रेसको उमेद्वारी नपरेको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकाले जनाएको छ ।

यसअघि निर्वाचित सदस्यहरु मध्ये महिला ५ र दलित वा अल्पसंख्यकबाट ३ गरि ८ सदस्यकालागि ७ जेठमा भएको मनोनयन दर्तामा नेपाली काग्रेसले कुनै पनि पदमा उमेदवारी नदिएको निर्वाचन अधिकृत तिर्थराज भट्टराइले जानकारी दिए । निर्वाचन कार्यालयका अनुसार ८ पदमध्ये नेकपा एमालेले महिला सदस्यमा ५ र दलित वा अल्पसंख्यकमा कोटामा १ गरि ६ जनाकाृ उमेद्वारी दर्ता गराएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले महिला सदस्यमा ५ र दलित वा अल्पसंख्यकमा २ गरि ७ र नेकपा एकीकृत समाजवादीले दलित वा अल्पसंख्यकमा १ उमेदवारी दर्ता गराएको जनाइएको छ ।

नेकपा एमालेले दलित/अल्पसंख्यकमा अशोक खाती चनारा, महिला सदस्यहरुमा बिमला पाख्रीन, शर्मिला बस्नेत, सानुमैया विश्वकर्मा, उर्मिला कामी र कान्छीमाया वाइवाको उमेदवारी दर्ता गराएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले दलित वा अल्पसंख्यकमा राम दर्जी, रामप्रसाद विश्वकर्मा तथा महिला सदस्यहरुमा रितु कार्की, अञ्जु श्रेष्ठ, पवित्रा कार्की (ठकुरी), अनिता बल र चन्द्रमाया थिङको उमेदवारी दर्ता गराएको छ । एकीकृत समाजवादीबाट दलित वा अल्पसंख्यक कोटामा जनकबहादुर कामीको उमेदवारी दर्ता गराएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आगामी जेठ १० गते निर्वाचन हुनेछ । माओवादी केन्द्र एक्लैको बहुमत पुग्ने भएपछी गठबन्धन दलहरुलाई भाग लगाउन माओवादी असहमत भएको बताइएको छ तर, नेकपा एकीकृत समाजवादीलाई भने एक सिट दिने सहमती भएको बताइएको छ । कार्यपालिका सदस्यका लागि एमाले एक्लै निर्वाचनमा जाने नगर सह–इन्चार्ज सुरेन्द्रमान प्रधानले बताए ।

हाल थाहानगरमा नेकपा माओवादी केन्द्रको ३२, नेकपा एमालेको १८ र नेपाली काग्रेस १२ जना नगर सभा सदस्य छन् ।

पालिका प्रेस
थप जानकारी