हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूद्धारा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नगर प्रमुख मिना लामा र उपप्रमुख राजेश बानियाँसहित १९ वडाका निर्वाचित वडाध्यक्ष र सदस्यले जिम्मेवारी सम्हाल्दै सपथ ग्रहण गरेका हुन् । प्रमुख लामाले मकवानपुर जिल्ला न्यायधीश डिल्लिरन्त श्रेष्ठबाट, उपप्रमुख बानियाँले प्रमुख लामाबाट र वडाध्यक्ष तथा सदस्यले प्रमुख लामाबाट हेटौँडाको पल्पसा सभाहलमा सपथ ग्रहण गरेका हुन् ।
सपथ लिदै नवनिर्वाचित मेयर लामाले आफुले जारी गरेको घोषणापत्र अनुसार उपमहानगरलाई सुन्दर हराभरा बनाउने उदेश्य रहेको बताइन् । शिक्षा,स्वास्थ्य र रोजगारीलाई बिषेश प्राथामिक्तामा राखेर काम गर्ने भन्दै सबै नगरबासीहरुमा साथ सहयोगको अपेच्छा सहित देशकै उत्कृष्ठ नगर बनाउने लक्ष्य लिएको उनले बताइन। कार्यक्रममा निबर्तमान नगरप्रमुख महतले नवनिर्वाचित प्रमुख,उपप्रमुख र सम्पुर्ण वडाअध्यक्ष,सदस्यहरुमा शुभकामना ब्यक्त गरे ।
साथै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । हेटौडा उपमहानगरपालीकामा नेपाली काग्रेशबाट उपमेयर सहित ८ वटा वडा,नेकपा एमालेले ९ वडा,नेकपा एसले मेयर सहित एक वडा,माओबादी केन्द्र एक वडामा बिजयी भएका छन ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्