स्थानीय तह निर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहिता आजदेखि अन्त्य भएको छ । गत चैत २५ गतेदेखि मुलुकभर लागू भएको आचारसंहिता आजदेखि लागू नहुने निर्वाचन आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
आयोगको परामर्शमा गत माघ १० गते बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते शुक्रबार गर्ने गरी मिति तोकेकोमा निर्वाचन सम्पन्न भएर अन्तिम परिणाम आउने क्रम रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा २ बमोजिम निर्वाचन आचारसंहिता लागू गरेको थियो ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्