पालुङ बहुमुखी क्याम्पसको मुल समस्यानै आर्थिक अभाव भएकोले स्थानीय सरकारबाट प्रयास हुँदाहुदै पनि प्रदेश र संघबाट प्रष्टरुपमा यथोचित सहयोग नभएकोले क्याम्पस सबल हुन नसकेको थाहानगरका नवनिर्वाचित नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’ले बताएका छन् । पालुङ बहुमुखी क्याम्पसले ११ जेठमा आयोजना गरेको नवनिर्वाचित प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख विष्टले यस्तो बताउका हुन् ।
नगगर प्रमुख विष्टले क्याम्पसबाट संख्यात्मक र गुणात्मक दुवै किसिमको जनशक्ति उत्पादन गर्नु चुनौती रहेको स्वीकार्दै क्याम्पसको विकासमा सबै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने औल्याए । यसका लागि क्याम्पस संचालक समितिको अध्यक्ष तथा नगरप्रमुखको हैसियतले आफ्नो तर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले थाहानगरको समग्र शैक्षिक विकासमा आफू डटेर लाग्ने बताउदै पालुङ क्याम्पसलाइ नगरको शैक्षिक केन्द्र बनाउन नगरपालिका सँधे लागिपर्ने उललेख गरे ।
क्याम्पस संचालक समितिका उपाध्यक्ष श्यामभक्त श्रेष्ठको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका अध्यक्ष तथा थाहानगरका नवनिर्वाचित प्रमुख विष्णु विष्ट ‘आदर्श’, उपप्रमुख भरत गोपाली तथा वडा अध्यक्षहरुलाई स्वागत तथा सम्मानित गरिएको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका कोषाध्यक्ष बिमल कुमार ढकाल, संचालक समिती सदस्य सुरेन्द्रमान प्रधान, विमलकुमार विष्ट, सुदर्शन कार्की, रामशरण थापा, नवनिर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, क्याम्पस प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा अभिभावकको तर्फबाट निरन्जन अधिकारी, क्याम्पस संचालक समितिको तर्फबाट सुरेन्द्रमान प्रधान, प्राध्यापक संघको तर्फबाट हरिकृष्ण कार्की, क्याम्पस प्रमुख रामहरी अधिकारी, कोषाध्यक्ष बिमलकुमार ढकाल, वडा अध्यक्षको तर्फबाट ३ न वडाका अध्यक्ष हिरेन्द्र रायमाझीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले क्याम्पसको शैक्षिक शुद्धीकरण तथा व्यवस्थापनमा थाहानगरको ध्यानाकर्षण गर्दै उच्च शिक्षाको लागि नगर बाहिर जानुनपर्ने गरि शैक्षिक विकास गर्न नगर लाग्नुपर्ने बताए ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्