गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी गरेको छ ।

कम्पनीले एक सूचना निकाल्दै व्यवस्थापकीय अधिकृतदेखि प्रशिक्षार्थीसम्मका पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले विभागीय प्रमुख तर्फ लेखा तथा वित्त व्यवस्थापन विभाग/अधिकृतका लागि १ जना, आन्तरिक लेखा परिक्षण विभागमा १ जना, सूचना प्रविधिमा १ जना कर्मचारी माग गरेको हो ।

यस्तै, कम्पनीले जनशक्ति व्यवस्थापन विभाग अधिकृतमा १ जना, आन्तरिक लेखा परिक्षण विभाग सहायक पदमा १ जना, सहायक/प्रशिक्षार्थी सहयाकमा केही कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारहरुले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि सहितको सम्पूर्ण विवरण खुल्ने बायोडाटा आजैका मितिले १५ दिनभित्र दरखास्ता दिन सकिने छ । दरखास्त अन्तिम मिति भने असार २ गतगे बुधवार रहेको छ।

अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना

पालिका प्रेस
थप जानकारी