मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानगरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानलाई सहयोग गरेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरमा ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको हो । धरान उपमहानगर भानु चोकमा गरिएको कार्यक्रममा अभियानका लागि मेगा बैंकले उपमहानगरका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्ट्बिन हस्तान्तरण गरेको छ ।

‘सफा धरान, स्वस्थ धरान’ अभियानलाई सहयोग गरेकोमा मेयर राईले मेगा बैंकलाई धन्यवाद दिएका छन् ।

पालिका प्रेस
थप जानकारी