नेपाल राष्ट्रिय शिक्षक सङ्गठन थाहानगर समितिले थाहा नगरपालिका प्रमुख विष्णु विष्ट तथा उपप्रमुख भरत गोपालीलाई १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमाको पूर्व सन्ध्यामा शिक्षा केन्द्रित मागहरु बुझाउँदै २७ जेठमा पालिकाको ध्यानाकर्षण गराइएको शिक्षक संगठनका नगर अध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन थाहानगर समिति पालिका भित्र सार्वजनिक शिक्षाको उन्नयनका लागि जिम्मेवार रहेको र नगर कार्यपालिकासँग हातेमालो गर्दै आइरहेको उल्लेख गर्दै पालिकाको कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्न माग गरेको छ । त्यस्तै लेखापाल, बालबिकास शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक, तहगत दरबन्दी कायम गरि सोही अनुसार समय सान्दर्भिक हुनेगरि उपलब्ध गराउनुपर्ने माग राख्दै ध्यानाकर्षण गराएको छ ।
त्यस्तै संगठनले विद्यालयहरुमा विद्यालय कर्मचारीको दरबन्दी थप गर्नुपर्ने, आधारभूत तहका बिद्यालयहरुमा पनि लेखापालको दरबन्दी ब्यबस्था गर्नुपर्ने, बिद्यालयहरुमा कक्षा १–५ मा अंग्रेजी माध्यमको पठनपाठन र पाठ्यपुस्तकको सुनिश्चितता गर्नुपर्ने, करार शिक्षकको पेसा सुरक्षितताको लागि नीतिगत व्यवस्थापन हुनुपर्ने, संघ, प्रदेश र जिल्लामा क्रियाशिल रहेको सम्बाद समितिलाई पालिकामा समेत क्रियासिल गराउनु पर्ने माग समेत गरेको छ । शिक्षक संगठनले बिद्यालयको पानी, बिजुली, मालपोत (एकिकृत सम्पती कर) लगायत प्रशासनिक खर्चको ब्यबस्था गरिदिन माग गरेको छ भने अल्पसंख्यक, गरीब र जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रबृत्तीको ब्यबस्था गर्नुपर्ने, बिद्यालयहरुमा भौतिक पूर्वाधारको सुनिश्चितता गर्नुपर्ने, सबै तहका बिद्यालयहरुलाइ प्रभावकारी सूचना प्रविधिमैत्री बिद्यालय बनाउनु पर्ने, अभिभाबक शिक्षा प्रदान गर्नुपर्ने, सबै तहका बिद्यार्थीहरुलाइ दिवा खाजाको ब्यबस्था गर्नुपर्ने, दिवा खाजाको हालको रकमलाई बृद्धि गर्नुपर्ने लगायतको माग राखेको छ ।
नगर उपप्रमुख भरत गोपाली समेत उपस्थितीमा बुझायएको ज्ञापनपत्रमा सबै तहका बिद्यालयहरुमा खेलकुद शिक्षक र स्वास्थ्यकर्मिको ब्यबस्था गर्नुपर्ने, शिक्षक प्रसुति बिदामा रहँदा सट्टा शिक्षकको ब्यबस्था गर्नुपर्ने, पालिकाले हरेक बर्ष विधागत रुपमा उत्कृष्ट शिक्षकहरुलाई सम्मानको ब्यबस्था गर्नुपर्ने, शिक्षकहरुलाई आवश्यकता अनुरुप बिषयगत तालिमको ब्यबस्था गर्नुपर्ने र शिक्षकहरुलाई वार्षिक शैक्षिक भ्रमणको व्यवस्था गर्नुपन माग गरिएको संगठनका थाहानगर सचिव कृष्ण प्रसाद लामिछानेले बताए ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्