मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको बागेश्वरी माध्यमिक विद्यालयलाई स्कूल बस खरिदका लागि बजेट विनियोजन भएको छ ।

बागमती प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष २०७९/०८० का लागि भएको आफ्नो बजेट बक्तव्य मार्फत बागेश्वरी माविका लागि स्कूल बस खरिद गर्नका लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरेको हो ।

साविक टिष्टुङ गाविसमा पर्ने बागेश्वरी मावि थाहा ११ र १२ को एउटा मात्र माध्यमिक विद्यालय हो । उक्त विद्यालयमा मकवानपुरका साथै धादिङ जिल्लाका विद्यार्थी समेत अध्ययन गर्दछन् ।

यो पनि पढ्नुहोस्:  थाहानगरमा बागमती प्रदेश सरकारका ८४ योजना (कुन वडामा कति योजना हेर्नुहोस् बजेटसहित)

पालिका प्रेस
थप जानकारी