मकवानपुर थाहा नगरपालिकाको तसरगाउँसम्म पुग्ने पक्की पुल नहुँदा तसरबासीले सँधै बाढीको सामना गर्नु परेको छ । थाहा–१ को गहतेबाट वडा नम्बर ५ जाने तसर जाने बाटोमा पर्ने पालुङखोला तर्न सँधै समस्या हुने गरेको छ ।

तसरबासीहरुका लागि पालुङखोलामा बाढी आउने वित्तिकै गाउँजाने कच्ची सडक बगाउने र आवतजावतमा समस्या हुने गरेको छ । पालुङखोलाको वर्षेनी बाढी सहनुपर्ने बताउँदै स्थानीय सुमन वाइवाले आफ्नो फेसबुक स्टाटसमालेखेकाछन् ‘थाहा नगरपालिका वडा नम्बर ५ को समृद्धि पालुङ्ग खोला कृषिमा क्रान्ति गर्नु पर्छ भन्थ्यो तर हाम्रो क्रान्ति अब यही खोलाबाट सुरु गर्नु पर्छ है साथी हो ।’

हेर्नुहोस् थाहा ५ का सुमन वाइवाले तसरबासीको दुख समेटेर खिचेको फोटोः

 

 

पालिका प्रेस
थप जानकारी