मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिकाको सेवा प्रवाह १० असारमा बन्द हुने भएको छ । गाउँपालिकाको दशौं गाउँ सभाको पहिलो अधिवेशन बैठक रहेकोले उक्त दिन कार्यालय बन्द हुने हुँदा सेवा प्रवाह बन्द हुने गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ (क) को खण्ड क (४) को व्यवस्था र सोहि ऐनको दफा १४ (४) बमोजिम इन्द्रसरोवर गाउँपालिकाको दशौं गाउँ सभाको पहिलो अधिवेशन बैठक १० असारमा हुने भएको र बैठक सम्बन्धी विभिन्न व्यवस्थापकीय कार्यहरुमा यस कार्यालयका कर्मचारीहरू खटिनु पर्ने हुँदा गाउँपालिका कार्यालय र कार्यालय अन्तर्गतका सबै वडाहरूबाट प्रवाह हुने सेवा बन्द हुने व्यहोरा  गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीद्वारा जारी गरिएको सूचना उल्लेख  छ ।

साथै, कार्यालयले दिने सेवा बन्द हुन गई पुगेको असुविधाका प्रति कार्यालयले क्षमा याचना समेत गरेको छ ।

हेर्नुहोस् सूचना ।

पुस्कल सागर
थप जानकारी