मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नंम्बर ३ सिस्नेरी अदुवाबारीका विचार सिं भ्लोन सम्मानित भएका छन् । चालू आर्थिक वर्षमा इन्द्रसरोवर ३ को वडा कार्यालयमा मालपोत कर तिर्ने उनी सम्मानित भएका हुन् ।

भ्लोनलाई वडा सचिव शुभद्रा ओझाले खादा लगाएर सम्मानित गरेका हुन् । करदातालाई समयमा नै कर तिरी आफ्नो कर्तव्य पूरा गराउन प्रोत्साहन गर्ने उद्देश्यले समानित गरिएको हो । भ्लोन चालू आर्थिक वर्ष २०७९/८० को पहिलो करदाता रहेको वडा सचिव ओझाले बताइन् ।

पुस्कल सागर
थप जानकारी