बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा एकै पटक ६ सय कर्मचारी भर्ना गरिन लागिएको छ । कार्यालय सहयोगी देखि नबौ तह सम्मका कर्मचारी भर्ना गर्नका लागि पत्रिकामा सूचना प्रकाशन गरेर माग गरिएको छ । योग्यता पुगेका कर्मचारीलाई अन्तर्वार्ताका माध्यले भर्ना गर्न लागिएको हो । ५ सय ९८ जना कर्मचारी माग गर्दै यही साउन २७ गतेको पत्रिकामा बिज्ञापन समेत प्रकाशन गरिएको छ । प्रदेश सरकारले एकै पटक कर्मचारी माग गरेको यो पहिलो हो । यसभन्दा अगाडी मन्त्रालय पिच्छे आवस्यक्ताका आधारमा कर्मचारी माग गरिएको थियो ।

बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएका मध्यमा ५ सय ९८ जना मन्त्रालयले माग गरेको हो । माग गरिएका स्वास्थ्य कर्मचारी मन्त्रालय र मातहतका कार्यालयमा खटाउने तयारी गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रीपरिषद बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको थियो ।

पालिका प्रेस
थप जानकारी